कृषि क्षेत्रमा पुगेको क्षतिको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के (कति क्षती पुर्याएको छ यस्को वास्तविक […]

Sep 29, 2024 - 13:59
 0
कृषि क्षेत्रमा पुगेको क्षतिको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के (कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको हो ।


मन्त्री अधिकारीले वाढीले थुप्रै कृषि उपजहरुमा क्षती पुर्याएको सुनिएको छ , यसलाई सम्बोधन गर्न आवश्यक छ, भन्नुभयो । बैठकमा क्षतीको एकिन तथ्यांक छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register