भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

भारत । भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो । प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भने, […]

Sep 29, 2024 - 14:05
 0
भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

भारत । भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो ।

प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भने, “गएराति नादान देहात थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा यात्रु बोकेको बस रोकिराखेको ढुङ्गाले भरिएको ‘डम्पर ट्रक’मा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।”

पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २९ जनालाई सतना अस्पतालमा लगिएको छ । दुर्घटनामा परी घाइते भएका थप पाँच जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार बसभित्र फसेका यात्रुलाई स्थानीय नागरिक र प्रहरीले उद्धार गरेका थिए । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरू भइसकेको जनाएको छ ।

उत्तर प्रदेशबाट आउँदै गरेको बस महाराष्ट्रको नागपुरका लागि छुटेको थियो । भारतमा प्रायः क्षमताभन्दा अत्यधिक भार, कमजोर सडक अवस्था र लापरवाहीपूर्वक हुने ड्राइभिङको कारण घातक सडक दुर्घटनाहरू हुने गर्छन् ।

भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register