ट्रमा सेन्टरको शिलान्यास गर्न पाउँदा खुसी छु : बिनोद चौधरी

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ का सांसद बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा ट्रमा सेन्टरको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताएका छन् । आइतबार उनले सामाजिक संजाल एक्समा एक सन्देश शेयर गर्दै यसबारे जानकारी दिएका हुन् । आइतबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उनले ट्रमा सेन्टरको शिलान्यास गरेर भवन निर्माणको काम औपचारिक रुपमा शुभारम्भ […]

Sep 29, 2024 - 15:05
 0
ट्रमा सेन्टरको शिलान्यास गर्न पाउँदा खुसी छु : बिनोद चौधरी

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ का सांसद बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा ट्रमा सेन्टरको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताएका छन् । आइतबार उनले सामाजिक संजाल एक्समा एक सन्देश शेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

आइतबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उनले ट्रमा सेन्टरको शिलान्यास गरेर भवन निर्माणको काम औपचारिक रुपमा शुभारम्भ गरेका हुन्। निर्वाचित भएको पहिलो दिनदेखि नै आफूले यो परियोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको उनले बताएका छन् ।

‘यस परियोजनालाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै व्यक्ति र सम्बन्धित निकायलाई विशेष धन्यवाद’ चौधरीले एक्समा लेखेका छन्, ‘राजधानी बाहिरको पहिलो ट्रमा सेन्टर नवलपरासीमा स्थापना हुनु नवलपरासीवासी मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गर्वको कुरा हो। सबैमा हार्दिक नमन्।’

मेरो निर्वाचन क्षेत्र नवलपरासी, बर्दघाटमा ट्रमा सेन्टर निर्माणको काम औपचारिक रुपमा शुभारम्भ भएको छ। आज माननीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा ट्रमा सेन्टरको सिलान्यास गर्न पाउँदा अत्यन्त खुशी छु। निर्वाचित भएको पहिलो दिनदेखि नै मैले यो परियोजनालाई उच्च प्राथमिकतामा… pic.twitter.com/GOSWqCeDHz

— Binod Chaudhary (@BinodKChaudhary) September 29, 2024

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register