सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद फैसला

काठमाडौं । सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ ।  अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले आइतबार उनीहरुलाई कैद सजाय सुनाएको हो । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई […]

Sep 29, 2024 - 15:25
 0
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद  फैसला

काठमाडौं । सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ ।  अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले आइतबार उनीहरुलाई कैद सजाय सुनाएको हो ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । उनीहरुले  माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख गरिएको  छ ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register