कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ ।  यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । यसअघि जलसतह बढेर पुल माथि नै आएपछि सवारी आवागमन बन्द गरिएको थियो । आइतबार साँझ सप्तकोशीको जलसतह ३ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड […]

Sep 29, 2024 - 16:11
 0
कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी ।

सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ । 

यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । यसअघि जलसतह बढेर पुल माथि नै आएपछि सवारी आवागमन बन्द गरिएको थियो ।

आइतबार साँझ सप्तकोशीको जलसतह ३ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड भन्दा तल झरेको केन्द्रले जानकारी दिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ  ।

यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register