स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली दोहा प्रस्थान

अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आइतबार कतारको दोहा प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन आइपुगेका थिए । प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर […]

Sep 29, 2024 - 17:29
 0
स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली दोहा प्रस्थान

अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आइतबार कतारको दोहा प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन आइपुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गरेका थिए । उनी सोमबार काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register