रुपन्देहीमा दुध बोक्ने गाडी खोलामा भेटियो, चालक र सह–चालक वेपत्ता

बुटवल । रुपन्देहीमा हिजो देखि हराईरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएको छ । मर्चवारबाट दुध बोकेर भैरहवा तर्फ आईरहेको भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको थियो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जिप फेला परेको बताउनुभयो । फेला परेको जिपलाई क्रेन मगाई निकाल्ने प्रयास भईरहेको उहाँले […]

Sep 29, 2024 - 17:59
 0
रुपन्देहीमा दुध बोक्ने गाडी खोलामा भेटियो, चालक र सह–चालक वेपत्ता

बुटवल ।

रुपन्देहीमा हिजो देखि हराईरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएको छ । मर्चवारबाट दुध बोकेर भैरहवा तर्फ आईरहेको भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको थियो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जिप फेला परेको बताउनुभयो ।

फेला परेको जिपलाई क्रेन मगाई निकाल्ने प्रयास भईरहेको उहाँले बताउनुभयो । जिपका चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध भने अझै वेपत्ता रहेको राठौरले जानकारी दिनुभयो । हराईरहेका चालक र सह–चालकको खोजी कार्य जारी रहेको उहाँको भनाई छ ।

सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रबाट सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउदै थियो । सोही क्रममा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जिप हराएको थियो । शनिबार देखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य गरे पनि आज मात्र जिप भेटिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register