बाढीपहिरो पीडितका लागि एमालेले ५० लाख सहयोग गर्ने
काठमाडौँ । नेकपा एमालेले बाढी तथा पहिरो पीडितका लागि ५० लाख सहयोगको घोषणा गरेको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरो पीडितको राहतका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने घोषणा गरेको हो । मंगलबार बसेको पार्टी सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । ‘राज्यको […]
काठमाडौँ । नेकपा एमालेले बाढी तथा पहिरो पीडितका लागि ५० लाख सहयोगको घोषणा गरेको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरो पीडितको राहतका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने घोषणा गरेको हो ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
‘राज्यको तर्फबाट एक अर्ब रुपैयाँ छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’, पार्टी महासचिव पोखरेलले भने ।
त्यस्तै, उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताएका छन् । साथै प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको पोखरेलले जानकारी दिएका छन् ।
What's Your Reaction?