नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी नियुक्त
काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । जसअन्तर्गत अध्यक्षमा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी नियुक्त भएका छन् । संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिृकत निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिृकत शिवनाथ बहादुर पाँडे […]
काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । जसअन्तर्गत अध्यक्षमा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी नियुक्त भएका छन् ।
संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिृकत निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिृकत शिवनाथ बहादुर पाँडे निर्वाचित भएका छन् ।
त्यस्तै, संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिृकत सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका प्रमुख कार्यकारी अधिृकत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिृकत पुष्प शर्मा चयन भएका छन् ।
What's Your Reaction?