नेप्सेमा बेजोडको बाउन्स ब्याक, जानकार भन्छन् करेक्सन सकियो
काठमाडौँ । मंगलबार सेयर बजारमा बेजोडको बाउन्स ब्याक देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]
काठमाडौँ । मंगलबार सेयर बजारमा बेजोडको बाउन्स ब्याक देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबार बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज बुटवल पावरसहित १८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, आज एनएमबि ५० का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।
What's Your Reaction?