प्रभावशाली व्यक्तित्वमाझ बेलायतका तन्नेरीले शेयर गरे नयाँ सोच र अवधारणा

लन्डन । बेलायतको नेपाली समुदायको तन्नेरी पुस्ताले प्रभावशाली व्यक्तित्वहरुमाझ व्यवसाय र उद्यमसम्बन्धि आफ्ना नयाँ सोच र अवधारणा शेयर गरेका छन्। युवा प्रपर्टी व्यवसायी निक धिमाल र उनको टीमले आयोजना गरेको इन्सपाएर एक्स नामक बिजनेस इभेन्टलाई उनीहरुले नेटवर्किङ र अनुभव आदानप्रदानका लागि सदुपयोग गरे ।   कार्यक्रमको आकर्षणका रुपमा नेपालबाट आएका अभिनेत्री मनिषा कोइराला, पूर्व मिस […]

Oct 1, 2024 - 15:39
 0
प्रभावशाली व्यक्तित्वमाझ बेलायतका तन्नेरीले शेयर गरे नयाँ सोच र अवधारणा


लन्डन । बेलायतको नेपाली समुदायको तन्नेरी पुस्ताले प्रभावशाली व्यक्तित्वहरुमाझ व्यवसाय र उद्यमसम्बन्धि आफ्ना नयाँ सोच र अवधारणा शेयर गरेका छन्।

युवा प्रपर्टी व्यवसायी निक धिमाल र उनको टीमले आयोजना गरेको इन्सपाएर एक्स नामक बिजनेस इभेन्टलाई उनीहरुले नेटवर्किङ र अनुभव आदानप्रदानका लागि सदुपयोग गरे ।  

कार्यक्रमको आकर्षणका रुपमा नेपालबाट आएका अभिनेत्री मनिषा कोइराला, पूर्व मिस नेपाल श्रृंखला खतिवडा र नेपाली बैकिङ जगतका एक प्रभावशाली सिइओ अनिलकेशरी शाहले सम्बोधन गरेका थिए । 

विशेष वक्ताका रुपमा उनीहरुले आफ्नो सफलताका कथा मात्रै सुनाएनन्, तन्नेरी पुस्ताका नयाँ सोच र अवधारणा सुनेर हौसला पनि प्रदान गरे ।

सोही अवसरमा नेपाल फुडका सिइओ विकास नेपाल, प्रपर्टी व्यवसायी निक धिमाल र सर्ट लिज किङका रुपमा परिचित जेसन पिटरसनले पनि आफ्ना सफल अनुभवहरु सुनाएका थिए ।

बेलायतमा वर्षेनी आयोजना हुंदै आएको इन्सपायर एक्स नयाँ पुस्तालाई लक्षित तेस्रो बिजनेस इभेन्ट हो । जुन प्लेटफर्ममा उनीहरुलाई नेटवर्किङ, अनुभव आदानप्रदान र प्रोत्साहनको अवसर दिलाउने गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register