शिवगञ्ज बजारमा छ्याप्छ्याप्ती म्याद गज्रिएका सामान
शिवसताक्षी, १५ असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज शिवगञ्ज बजार अनुगमन गरेको छ । चाडबाड नजिकै गर्दा बजारमा म्याद गुज्रिएका अखाद्य बस्तुहरुको विक्री वितरण हुने गरेको पाइएपछि नगरपालिकाले अनुगमन सुरु गरेको हो । आज गरिएको शिवगञ्ज बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्यागुज्रिएका अखाद्य बस्तुहरु फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ। शिवगञ्ज बजारमा शिवशक्ति ट्रेडर्सको बोर्ड [...] The post शिवगञ्ज बजारमा छ्याप्छ्याप्ती म्याद गज्रिएका सामान appeared first on Jhapa Online.
शिवसताक्षी, १५ असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज शिवगञ्ज बजार अनुगमन गरेको छ । चाडबाड नजिकै गर्दा बजारमा म्याद गुज्रिएका अखाद्य बस्तुहरुको विक्री वितरण हुने गरेको पाइएपछि नगरपालिकाले अनुगमन सुरु गरेको हो ।
आज गरिएको शिवगञ्ज बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्यागुज्रिएका अखाद्य बस्तुहरु फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ। शिवगञ्ज बजारमा शिवशक्ति ट्रेडर्सको बोर्ड राखिएर किराना पसल गरेको पाइएको छ ।
उक्त पसलमा २० थान कोल्ड ड्रिङ्क्स, ५ केजी लालमोन लगायतका खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ। उक्त सामाग्रीहरु नगरपालिकाले डिस्पोज गरेको जनाएको छ । पसल सञ्चालक विजय शाहका अनुसार हाल किराना भएको सटहरमा पहिले टेडर्स रहेकाले बोर्ड नाम र बोर्ड परिवर्तन गर्न बाँकी रहेको हो ।
त्यस्तै बालाजी किराना स्टोरमा चाड मसला, ध्यू, पापड, विस्क्ुट, कोकाकोला, खाने तेल लगायतका बस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ । बजारमा १० ओटा किराना पसलमा विशेष बालबालिकाहरुले खाने कुरमुरे, विस्कुट, मिठाई लगायतका बस्तुहरु धेरै मात्रमा म्याद गुज्रिएका अवस्थामा भेटिएको अनुगमन समितिका संयोजक उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङ्फे, नगरका कर्मचारी, नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।
The post शिवगञ्ज बजारमा छ्याप्छ्याप्ती म्याद गज्रिएका सामान appeared first on Jhapa Online.
What's Your Reaction?