इजरायलमा इरानको मिसाइल आक्रमण सुरु, देशभर खतराको साइरन बज्यो
एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । इजरायली सेना आइडीएफले देशमा मिसाइल आक्रमण सुरु भएको जानकारी दिएको छ । सम्पूर्ण इजरायलमा खतराको साइरन बजाइएको छ । मानिसलाई सुरक्षित स्थानमा लुक्न आग्रह गरिएको छ । यसअघि अमेरिकाले इरानले आक्रमणको तयारी गरेको सूचना पाएको भन्दै आफ्नो दूतावास भवनमा रहेका कर्मचारी र उनीहरूका परिवारका लागि […]
एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ ।
इजरायली सेना आइडीएफले देशमा मिसाइल आक्रमण सुरु भएको जानकारी दिएको छ ।
सम्पूर्ण इजरायलमा खतराको साइरन बजाइएको छ । मानिसलाई सुरक्षित स्थानमा लुक्न आग्रह गरिएको छ ।
यसअघि अमेरिकाले इरानले आक्रमणको तयारी गरेको सूचना पाएको भन्दै आफ्नो दूतावास भवनमा रहेका कर्मचारी र उनीहरूका परिवारका लागि सूचना जारी गरेको थियो ।
आक्रमणको संकेत पाएपछि इजरायलमा हाई अलर्ट घोषणा गरिसकेको थियो ।
यसअघि इरानले १३ अप्रिलमा पनि इजरायलमा थुप्रै मिसाइल हानेको थियो । तर, त्यसबेला धेरै मिसाइल इजरायलले असफल बनाएको थियो ।
यसपटकको हमला त्योभन्दा ठूलो हुने अनुमान गरिएको छ । एक अमेरिकी अधिकारीले इजरायलमा आक्रमणले इरानका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।
What's Your Reaction?