टी-२० क्रिकेटमा नेपालले क्यानडालाई दियो १४० रनको लक्ष्य

काठमाडौं । क्यानडाविरुद्धको टी-२० क्रिकेटमा नेपालले १४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर १३९ रनको सामान्य स्कोर बनाएको हो । नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३० र गुल्सन झाले १६ बलमा २३ रनको योगदान गरे । नेपालले उत्कृष्ट सुरुवात […]

Oct 1, 2024 - 18:37
 0
टी-२० क्रिकेटमा नेपालले क्यानडालाई दियो १४० रनको लक्ष्य

काठमाडौं । क्यानडाविरुद्धको टी-२० क्रिकेटमा नेपालले १४० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर १३९ रनको सामान्य स्कोर बनाएको हो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३० र गुल्सन झाले १६ बलमा २३ रनको योगदान गरे ।

नेपालले उत्कृष्ट सुरुवात गरे पनि सो अनुसार ठूलो स्कोर बनाउन सकेन । नेपालका ओपनर साह र शेखले ७० रनको साझेदारी गरेका थिए ।

मध्यक्रम धरासायी भएपछि नेपाल सामान्य स्कोरमा रोकिएको हो । नेपाल क्यानडासँगको पहिलो खेलमा पराजित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register