इजरायलमा इरानको आक्रमण, आकासमा देखियो मिसाइलको लर्को
एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले देशमा मिसाइल आक्रमण सुरु भएको जानकारी दिएको छ । इरानले पनि इजरायलमा मिसाइल आक्रमण थालेको पुष्टि गरेको छ । इजरायलका धेरै शहरमा अहिले इरानी मिसाइलको लर्को देखिएको छ । सम्पूर्ण इजरायलमा खतराको साइरन बजाइएको छ । मानिसलाई सुरक्षित स्थानमा जान आग्रह […]
एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ ।
इजरायली सुरक्षा बल आइडीएफले देशमा मिसाइल आक्रमण सुरु भएको जानकारी दिएको छ ।
इरानले पनि इजरायलमा मिसाइल आक्रमण थालेको पुष्टि गरेको छ । इजरायलका धेरै शहरमा अहिले इरानी मिसाइलको लर्को देखिएको छ ।
सम्पूर्ण इजरायलमा खतराको साइरन बजाइएको छ । मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकाले इरानले आक्रमणको तयारी गरेको सूचना पाएको भन्दै आफ्नो दूतावास भवनमा रहेका कर्मचारी र उनीहरूका परिवारका लागि अलर्ट जारी गरेको थियो ।
आक्रमणको संकेत पाएपछि इजरायलमा हाई अलर्ट घोषणा गरिसकिएको थियो ।
यसअघि इरानले १३ अप्रिलमा पनि इजरायलमा थुप्रै मिसाइल हानेको थियो । तर, त्यसबेला धेरै मिसाइल इजरायलले असफल बनाएको थियो ।
यसपटकको हमला त्योभन्दा ठूलो हुने अनुमान गरिएको छ । एक अमेरिकी अधिकारीले इजरायलमा आक्रमणले इरानका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।
यो पनि पढ्नुहोस :
What's Your Reaction?