इरान-इजरायल लडाइँमा अमेरिका पनि प्रत्यक्ष रुपमा उत्रियो, राष्ट्रपति बाइडनले जारी गरे यस्तो आदेश
काठमाडौं । मध्यपूर्वको यूद्धमा अमेरिका पनि प्रत्यक्ष रुपमा मिसिन आइपुगेको छ । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेलगत्तै अमेरिका पनि मैदानमा उत्रिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई इरानी हमलाबाट बचाउन आफ्नो सेनालाई आदेश दिएका छन् । बीबीसीका अनुसार बाइडनले मंगलबार बेलुका इजरायललाई हरतरहले सहयोग गर्न सेनालाई आदेश दिएका हुन् । ह्वाइट हाउसका तर्फबाट […]
काठमाडौं । मध्यपूर्वको यूद्धमा अमेरिका पनि प्रत्यक्ष रुपमा मिसिन आइपुगेको छ ।
इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेलगत्तै अमेरिका पनि मैदानमा उत्रिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई इरानी हमलाबाट बचाउन आफ्नो सेनालाई आदेश दिएका छन् ।
बीबीसीका अनुसार बाइडनले मंगलबार बेलुका इजरायललाई हरतरहले सहयोग गर्न सेनालाई आदेश दिएका हुन् ।
ह्वाइट हाउसका तर्फबाट दिइएको जानकारी अनुसार बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले इरानी आक्रमणलाई चासोका साथ हेरिरहेका छन् ।
यसैबीच इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले आफूहरु जवाफी कारबाहीका लागि तयार रहेको बताएका छन् । अहिले अवस्थाको समीक्षा गरिरहेको उनको प्रतिक्रिया छ ।
बीबीसीका अनुसार बाइडनको आदेश अनुसार अमेरिकी सेना सक्रिय भइसकेको छ र केही इरानी मिसाइललाई बीचमै खसालेको छ ।
What's Your Reaction?