मेटाको सेयर मूल्य बढेपछि जुकरबर्ग बने विश्वकै तेस्रो धनी व्यक्ति
काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको ‘बिलिनियर्स इन्डेक्स’ अनुसार जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका हुन् । हाल जुकरबर्गकको कुल सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको छ । योसँगै टेस्लाका सीईओ एलन मस्क, जेफ बेसोज र बर्नार्ड अर्नाल्ट मात्रै रहेको २ खर्ब डलर भन्दा धेरै सम्पत्ति […]
काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको ‘बिलिनियर्स इन्डेक्स’ अनुसार जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका हुन् ।
हाल जुकरबर्गकको कुल सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको छ ।
योसँगै टेस्लाका सीईओ एलन मस्क, जेफ बेसोज र बर्नार्ड अर्नाल्ट मात्रै रहेको २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका धनाढ्य व्यक्तिको सूचीमा मार्क जुकरबर्ग पनि ‘टु बिलियन डलर क्लब’मा समावेश भएका छन् ।
जुकरबर्गको सम्पत्ति वृद्धि हुनुमा मेटाको सेयर मूल्य बढ्नु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत जनवरीको तुलनमा मेटाको सेयर मूल्य ६० प्रतिशत महँगो भएको छ ।
What's Your Reaction?