भत्केका बाटोहरु बोलिरहेछन्- ‘यसपाली घर नफर्कनू, दशैँ अर्को साल मनाउँला’ (तस्विरहरु)
काठमाडौँ । कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रुपमा चिनिएको बिपी राजमार्ग अहिले पुरै सुनसान छ । अविरल झरीपछि शुक्रबार र शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले बिपी राजमार्गमा कुनै पनि सवारी चल्न सकेको छैन । जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नटा छाएको छ । यो राजमार्गको निर्माणसंगै सहज […]
काठमाडौँ । कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रुपमा चिनिएको बिपी राजमार्ग अहिले पुरै सुनसान छ ।
अविरल झरीपछि शुक्रबार र शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले बिपी राजमार्गमा कुनै पनि सवारी चल्न सकेको छैन । जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नटा छाएको छ ।
यो राजमार्गको निर्माणसंगै सहज अनुभव गरेका स्थानियहरु अहिले त्रासमा बाँचिरहेका छन् । आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरु बाढीले बनाएको पहरोमा ज्यान हत्केलामा राखेर ओहोरदोहोर गरिरहेका छन् ।
रोशी गाउँपालिका ७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन । मानिसहरु भीरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर आवतजावत गरिरहेका छन् । अर्कोतर्फ धेरै नागरिक जोखिमपूर्ण यात्रा गर्नुभन्दा यसपालिको दशैँमा घर नफर्किने बरु अर्को वर्ष दशैँ मनाउने मनसाय बनाएर बसेका छन् । तस्विरमा हेर्नुहोस् भत्किएको बाटो र सास्तीपूर्ण यात्राः
What's Your Reaction?