‘गन्तव्यमा पुगिने सुनिश्चित भएरमात्र अग्रिम टिकट खरिद गरौं’

काठमाडौं। सरकारले बाटो अवस्था हेरेर टिकट काट्न सबैलाई आग्रह गरेको छ । पछिल्लो विपद्पछि काठमाडौं उपत्यकासँग जोडिएका सबैजसो राजमार्गमा समस्या रहेको र अझै मनसुनको प्रभाव कायम रहेको उल्लेख गर्दै अगन्तव्यमा पुग्ने सुनिश्चिता भएर मात्र टिकट गरिद गर्न आग्रह गरेको हो । विपद्पूर्व ट्राफिक प्रहरीले गत वर्षभन्दा ५ लाख बढीले चाडवाड मनाउनका लागि उपलत्यका छोड्ने अनुमान […]

Oct 2, 2024 - 04:37
 0
‘गन्तव्यमा पुगिने सुनिश्चित भएरमात्र अग्रिम टिकट खरिद गरौं’

काठमाडौं। सरकारले बाटो अवस्था हेरेर टिकट काट्न सबैलाई आग्रह गरेको छ । पछिल्लो विपद्पछि काठमाडौं उपत्यकासँग जोडिएका सबैजसो राजमार्गमा समस्या रहेको र अझै मनसुनको प्रभाव कायम रहेको उल्लेख गर्दै अगन्तव्यमा पुग्ने सुनिश्चिता भएर मात्र टिकट गरिद गर्न आग्रह गरेको हो ।

विपद्पूर्व ट्राफिक प्रहरीले गत वर्षभन्दा ५ लाख बढीले चाडवाड मनाउनका लागि उपलत्यका छोड्ने अनुमान गरेको भए पनि बाढीपहिरोले राजमार्ग अवरुद्ध भई सवारी सञ्चालन सहज हुन नसकेपछि दसैँका लागि अग्रिम टिकट काट्नेमा उत्साह देखिएको छैन ।

सडकहरु भत्किएकाले यात्रा जोखिमपूर्ण मात्र नभई ट्राफिक जाममा घन्टौँ परिने र थप वर्षा हुन सक्ने सम्भावना भएकाले पनि टिकट काट्नेमा उत्साह नदेखिएको हो ।

जसका कारण अग्रिम टिकट थप गर्नेभन्दा पनि टिकट काटिसकेकालाई गन्तव्यमा पुर्‍याउने सुनिश्चत भएपछि मात्र थप टिकट बुकिङ गरिने गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

विभाग र यातायात व्यवसायीबिच मङ्गलबार भएको बैठकले टिकट काटिसकेकालाई प्राथमिकता दिने र बाँकी टिकटका लागि परिस्थिति अनुसार अगाडि बढ्ने निर्णय गरेको थियो।

थप अग्रिम टिकट बुकिङका लागि गृह मन्त्रालयको विपत्सम्बन्धी सूचनालाई आधार मानी बाटो सुनिश्चित हेरेर काट्न अनुरोध गरिएको छ ।

तत्काललाई वैकल्पिक मार्गको पहिचान गरी ठुला र साना सवारीको व्यवस्थापन गर्ने, रेड जोनमा परेका सडकमा हेभी इक्युपमेन्ट रोक लगाउने र काठमाडौँदेखि नारायणगढसम्मको दुरी उज्यालोमै पार गर्ने गरी सवारी व्यवस्थापन गर्नेलगायतका निर्णय गरेको थियो ।

दसैँलगायतका चाडपर्वमा काठमाडौँबाट बाहिर जाने यात्रुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिए पनि यस पटक भने विगतको तुलनामा निक्कै कम टिकट काटिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

असोज १२ गते पहिलो दिन करिब आठ हजार, १३ गते ११ हजार ५९० जना, १४ गते चार हजार ८०५ जना र १५ गते दुई हजार १५० जनाले अग्रिम टिकट काटेको नयाँ बसपार्क प्रहरी विटले जनाएको छ । हालसम्म जम्मा २६ हजार ५४५ जनाले टिकट काटिएको छ । ठमाडौँबाट १५ लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register