भद्रपुर–७ ले गर्यो टोल विकास संस्थासँग अन्तरक्रिया
भद्रपुर, १६ असोज । भद्रपुर नगरपालिका वडा नम्बर–७ को वडा कार्यालयले नवगठित टोल विकास संस्थाका अध्यक्षहरुसँग अन्तरक्रिया गरेको छ । वडा कार्यालयले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष अभिषेक ढुङ्गानाले टोलमा गर्नुपर्ने काम,कर्तव्य र अधिकारका वारेमा जानकारी गराएका थिए । विकास भनेको सडक, विजुली , पानी मात्र नभइ व्यक्तित्व विकास, घरेलु उद्योग लगायत स्वरोजगार बन्नु [...] The post भद्रपुर–७ ले गर्यो टोल विकास संस्थासँग अन्तरक्रिया appeared first on Jhapa Online.
भद्रपुर, १६ असोज । भद्रपुर नगरपालिका वडा नम्बर–७ को वडा कार्यालयले नवगठित टोल विकास संस्थाका अध्यक्षहरुसँग अन्तरक्रिया गरेको छ । वडा कार्यालयले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष अभिषेक ढुङ्गानाले टोलमा गर्नुपर्ने काम,कर्तव्य र अधिकारका वारेमा जानकारी गराएका थिए ।
विकास भनेको सडक, विजुली , पानी मात्र नभइ व्यक्तित्व विकास, घरेलु उद्योग लगायत स्वरोजगार बन्नु चाही दीर्घकालीन विकास भएको उनको धारणा थियो । टोलमा देखिएका सामान्य समस्या टोलबाट नै समाधान गर्न र बाँकी कामहरुका लागि वडा तथा नगरसँग समन्वय गरी टोललाइ जसरी भएपनि समृद्ध र सुन्दर वनाउन उनले अनुरोध गरेका थिए ।
बार्षिक कार्ययोजना बनाएर कार्यक्रम गर्ने र आकस्मिक वाहेक तीन/तीन महिनाको पहिलो शनिबार टोल विकास संस्थासँग अन्तरक्रिया गर्ने निधो गरिएको वडा अध्यक्ष ढुङ्गानाले जानकारी दिए । कार्यक्रममा टोल विकास संस्था सञ्चालन कार्यविधि,नगर पुस्तिका सहित प्रत्येक टोल विकासलाई एकथान स्प्रे टंकी प्रदान गरिएको उनले जनाए ।
वडा सचिव ललिता थापाले सहजीकरण गरेको कार्यक्रममा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिले टोलमा देखिएका समस्या र भावी योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वडासदस्य कुपितनारायण राजवंशी, केदार प्रसाद निरौला,भिभा पासवान लगायतको उपस्थिति रहेको थियो । वडा भित्र १३ वटा टोल विकास छन् भने १९ सय ३७ घरधुरी रहेका छन् ।
The post भद्रपुर–७ ले गर्यो टोल विकास संस्थासँग अन्तरक्रिया appeared first on Jhapa Online.
What's Your Reaction?