यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो हार हो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । तीनमध्ये दुई खेलमा पराजित भएकाले सेमिफाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको छ । यूएई दुबई क्रिकेट स्टेडियममा आईतबार नेपालले दिएको १४२ रनको […]

Dec 1, 2024 - 11:17
 0
यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो हार हो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

तीनमध्ये दुई खेलमा पराजित भएकाले सेमिफाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको छ ।

यूएई दुबई क्रिकेट स्टेडियममा आईतबार नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २९ ‌‍औं ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

बंगलादेशका लागि जावाद अबरारले सर्वाधिक ५९ र अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।

नेपालका लागि युवराज खत्रीले चार विकेट लिए पनि फराकिलो हार टार्न सकेनन् । हेमन्त धामीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रन बनाएर अलआउट भएको थियो । आकाश त्रिपाठीले ४३ तथा उत्तम मगर र अभिषेक तिवारीले २९–२९ रन बनाए ।

समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register