एक्नेको समस्यामा मलाइका अरोडाले प्रयोग गर्ने घरेलु उपाय

एजेन्सी । छालामा हुने एक्ने समस्याले धेरै मानिस पीडित हुन्छन् । पोषक तत्त्वको कमी, छालाको बाहिरी भागमा क्षति, हर्मोनल परिवर्तन र कडा रासायनिक उत्पादनको प्रयोगले एक्नेको समस्या हुन्छ । एक्नेबाट सेलेब्रिटीहरू पनि पीडित हुन्छन् । मलाइका अरोडा पनि त्यस्तै सेलेब्रिटीमध्ये एक हुन् जसलाई एक्नेको समस्या हुन्छ । त्यसैले मलाइकाले घरेलु उपाय प्रयोग गर्छिन् । आज […]

Dec 1, 2024 - 11:47
 0
एक्नेको समस्यामा मलाइका अरोडाले प्रयोग गर्ने घरेलु उपाय

एजेन्सी । छालामा हुने एक्ने समस्याले धेरै मानिस पीडित हुन्छन् । पोषक तत्त्वको कमी, छालाको बाहिरी भागमा क्षति, हर्मोनल परिवर्तन र कडा रासायनिक उत्पादनको प्रयोगले एक्नेको समस्या हुन्छ ।

एक्नेबाट सेलेब्रिटीहरू पनि पीडित हुन्छन् । मलाइका अरोडा पनि त्यस्तै सेलेब्रिटीमध्ये एक हुन् जसलाई एक्नेको समस्या हुन्छ । त्यसैले मलाइकाले घरेलु उपाय प्रयोग गर्छिन् ।

आज हामी मलाइका अरोडाले एक्ने समस्याको लागि प्रयोग गर्ने घरेलु उपाय बारे बताउनेछौँ ।

एक्ने हटाउन मलाइका अरोडाको घरेलु उपाय

एक्ने प्रोन छालाको लागि मलाइकाले फेस मास्क प्रयोग गर्छिन् । यसका लागि दालचिनीको पाउडर, मह र कागतीको रस चाहिन्छ । आधा चम्चा दालचिनीको पाउडरमा एक चम्चा मह र एक चम्चा कागतीको रस मिलाउनुहोस् ।

यस मिश्रणलाई राम्ररी मिसाउनुहोस् र त्यसपछि छालाका त्यस्ता भागमा लगाउनुहोस् जहाँ एक्नेको समस्या छ । तर, ख्याल राख्नुहोस् कि यो मास्क मुख र आँखाको नजिक नलगाउनुहोस् । यो मास्क उनले हप्ताको एक वा दुई पटक लगाउनुपर्ने बताएकि छन् । यो मास्कलाई ८ देखि १० मिनेटसम्म राखेर चिसो पानीले धुनुपर्छ ।

यी टिप्स पनि उपयोगी हुनेछन्

  • एक्नेबाट छाला बचाउन अनुहारमा फोहोर जम्न नदिनुहोस् । यदि तपाईं मेकअप लगाउनुहुन्छ भने रातमा हटाएर र छालालाई राम्ररी सफा गरेर मात्र सुत्नुहोस् ।
  • छालामा धेरै कडा ब्रस र कडा स्क्रबको प्रयोग पनि नगर्नुहोस् ।
  • खानपान पनि राम्रो राख्नु महत्त्वपूर्ण छ, त्यसैले धेरै तेल भएका खाद्य पदार्थ नखानुहोस ।
  • कपालको पनि ध्यान दिनुहोस् । यदि फोहोर कपाल बारम्बार अनुहारमा आउँछ भने यसले पनि एक्ने समस्या निम्त्याउन सक्छ । त्यसैले कपालको उचित स्याहार आवश्यक छ ।
  • अनुहारमा सनस्क्रिन लगाउनुहोस् र कम तेल भएका मेकअप सामग्री प्रयोग गर्नुहोस् ।
  • अनुहारको रौँ हटाउँदा रेजर सफा छ कि छैन भनेर ध्यान दिनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register