मुना पाण्डे हत्या प्रकरण : अभियुक्तसँग १० लाख डलर धरौटी माग

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख अमेरिकी डलर धरौटी माग गरिएको छ । ह्युस्टनस्थित एक अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अभियुक्त बबीसँग सो धरौटी रकम माग गरेका हुन् । बबीका वकिल विल्भिन कार्टरले उक्त धरौटीलाई ५ लाख डलरमा घटाउन आग्रह गरेका थिए तर, न्यायाधीशले […]

Dec 6, 2024 - 05:42
 0
मुना पाण्डे हत्या प्रकरण : अभियुक्तसँग १० लाख डलर धरौटी माग

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख अमेरिकी डलर धरौटी माग गरिएको छ ।

ह्युस्टनस्थित एक अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अभियुक्त बबीसँग सो धरौटी रकम माग गरेका हुन् ।

बबीका वकिल विल्भिन कार्टरले उक्त धरौटीलाई ५ लाख डलरमा घटाउन आग्रह गरेका थिए तर, न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका छन् ।

‘यो धेरै उच्च छ, साह गरिब हुनुहुन्छ, उहाँसँग एक मिलियन डलरको बन्ड बनाउन कोष छैन,’ कार्टरले भनेका थिए ।

गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनपछि स्थानीय प्रहरीले पक्राउ गरेको थियो ।

साहले १० लाख डलर धरौटी बुझाउन सके जेल बाहिर बसेर मुद्दा लड्न सक्ने क्लिकटुह्युस्टनले जनाएको छ ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।

लुटपाटको उद्देश्यले मुनाको अपार्टमेन्टमा पुगेका थिए बबिसिंह

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register