देश कब्जा गर्ने नजिक सिरियाका विद्रोही : राष्ट्रपति असद राजधानी छोड्न बाध्य

काठमाडौं । सिरियाका विद्रोही देश कब्जा गर्ने नजिक पुगेका छन् । विद्रोहीले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ । सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले राष्ट्रपति असदले राजधानी […]

Dec 8, 2024 - 04:30
 0
देश कब्जा गर्ने नजिक सिरियाका विद्रोही : राष्ट्रपति असद राजधानी छोड्न बाध्य

काठमाडौं । सिरियाका विद्रोही देश कब्जा गर्ने नजिक पुगेका छन् । विद्रोहीले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् ।

विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले राष्ट्रपति असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट राजधानी छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन ।

विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले दमास्कसतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति असदले राजधानी छोडेको खबर आएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register