गुगल म्यापको भर परेर गोवा जान खोज्दा जङ्गलको बास

मोबाइल नेटवर्क नटिप्ने त्यो क्षेत्र, घनाजंगल, र अज्ञात बाटो । यात्रा रोमाञ्चकबाट त्रासदमा बदलियो । लगभग ७–८ किलोमिटर गाडी चलाएपछि उनीहरू अलपत्र परे ।

Dec 8, 2024 - 08:07
 0
गुगल म्यापको भर परेर गोवा जान खोज्दा जङ्गलको बास

काठमाडौं । डिजिटल युगले यात्रा सजिलो बनाएको छ, तर कहिलेकाहीँ प्रविधिमै निर्भरता घातक बन्न सक्छ । यस्तै भयो भारतको एक परिवारका लागि, जब उनीहरू गुगल म्यापको भरमा गोवा घुम्न निस्किएर जङ्गलमै अलपत्र परे ।

बिहारका रञ्जित दास र उनकी श्रीमतीसहित चार जनाको परिवार ४ डिसेम्बरमा घुम्नको लागि गोवा निस्कियो । गाडीका चालकसमेत रहेका दासले गुगल म्यापमा लोकेसन राखेर गोवा पुग्ने योजना बनाए ।

म्यापले शिरोली र हेम्मडागा क्षेत्र हुँदै जाने बाटो सुझायो, जसलाई उनीहरूले पूर्ण विश्वास गर्दै अपनाए । तर, यही विश्वासले उनीहरूलाई कर्नाटकको बेलगावी जिल्लास्थित घना भीमगढ जङ्गलमा पुर्‍यायो ।

जङ्गलमा बित्यो एकरात

मोबाइल नेटवर्क नटिप्ने त्यो क्षेत्र, घनाजंगल, र अज्ञात बाटो । यात्रा रोमाञ्चकबाट त्रासदमा बदलियो । लगभग ७–८ किलोमिटर गाडी चलाएपछि उनीहरू अलपत्र परे ।

रात परेपछि गाडीमै बस्नुबाहेक उनीहरूसँग अर्को विकल्प रहेन । जङ्गली जनावरको डर, अपरिचित परिवेश, र सम्पर्कविहीनता— त्यो रात उनीहरूका लागि कहालीलाग्दो बन्यो ।

गुगल म्यापको भर पर्दा आधा मात्रै बनेको पुलबाट खस्यो कार !

भोलिपल्ट बिहान रञ्जित दासले मोबाइल नेटवर्क खोज्न गाडी छोडे । करिब चार किलोमिटर पैदल हिँडेपछि बल्ल फोनले नेटवर्क टिप्यो ।

उनले तत्काल आपत्कालीन सेवा हेल्पलाइन नम्बर ११२ मा फोन गरे । स्थानीय प्रहरी टोली ती स्थानमा पुग्यो र परिवारको उद्धार गर्यो‍ ।

यस घटनाले प्रविधिप्रतिको अन्धविश्वासले कहिलेकाहीँ खतरा निम्त्याउने देखाएको छ । यसअघि नोभेम्बरमा, लखनउस्थित रामगङ्गा नदीमा निर्माणाधीन पुलबाट गुगल म्यापकै भरमा गाडी चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register