देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय

काठमाडौं । विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन् । उनलाई मानवताका आधारमा रुसले आश्रय दिएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी समाचार एजेन्सीहरू इन्फोट्याक्स, टास र रिया नोवोस्तीले क्रिमलिन स्रोतलाई उद्धृत गर्दै असद रुसमा पुगेको समाचार प्रकाशन गरेका छन् । एक रुसी विमानले […]

Dec 9, 2024 - 01:55
 0
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय

काठमाडौं । विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन् ।

उनलाई मानवताका आधारमा रुसले आश्रय दिएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी समाचार एजेन्सीहरू इन्फोट्याक्स, टास र रिया नोवोस्तीले क्रिमलिन स्रोतलाई उद्धृत गर्दै असद रुसमा पुगेको समाचार प्रकाशन गरेका छन् ।

एक रुसी विमानले असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ ।

विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।

यी हुन् सिरियामा असदको पतनका ३ प्रमुख कारण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register