दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रामा प्रतिबन्ध

सियोल ।  दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।  गत मंगलबार आफ्नो अल्पकालीन मार्सल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाई विदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्सल ल लागु गरे पनि त्यहाँको संसदले कम्तिमा ३ घन्टामा खारेज गरिदिएको थियाे ।   सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान […]

Dec 9, 2024 - 09:54
 0
 दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रामा प्रतिबन्ध

सियोल । 

दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।

 गत मंगलबार आफ्नो अल्पकालीन मार्सल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाई विदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्सल ल लागु गरे पनि त्यहाँको संसदले कम्तिमा ३ घन्टामा खारेज गरिदिएको थियाे । 
 

सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बचेका राष्ट्रपति युनलाइ यात्रा प्रतिबन्ध लगाइएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 पीपीपी सदस्यहरूका अनुसार युनले आफ्नो कार्यकाल छोटो बनाउने र विदेश तथा आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि उनीहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताए।

 यद्यपि, संसदमा बहुमत रहेको विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गरेको छ र फ्लोर नेता पार्क चान डेले यसलाई ‘गैरकानूनी, असंवैधानिक, देशद्रोह र दोस्रो कू’ भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन्  ।

युनको अल्पकालीन ‘मार्सल ल अर्डर’ पछि दशौं हजार मानिसहरू विरोधमा उत्रिएका छन्, उनीहरूको माग छ, उनलाई राजीनामा गर्न वा महाभियोग लगाएर बर्खास्त गर्नुपर्छ ।

 त्यसयता महाभियोग प्रस्ताव असफल भए पनि मार्सल ल अर्डरमा संलग्न धेरै प्रमुख व्यक्तित्वहरू पनि उनीहरूविरुद्ध कारबाही भएको देखिएको छैन् । जसको अहिले कोरियाली जनताले कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register