तमिलनाडुमा भारी वर्षा : धेरै जिल्लाका विद्यालय बन्द

काठमाडौं । भारतको तमिलनाडु राज्यमा भारी वर्षाका कारण शुक्रबार मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाका विद्यालयहरू बन्द गरिएका छन् । पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहने बीबीसीले हिन्दीको समाचारमा उल्लेख छ । शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन् । तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा […]

Dec 13, 2024 - 04:31
 0
तमिलनाडुमा भारी वर्षा : धेरै जिल्लाका विद्यालय बन्द

काठमाडौं । भारतको तमिलनाडु राज्यमा भारी वर्षाका कारण शुक्रबार मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाका विद्यालयहरू बन्द गरिएका छन् । पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहने बीबीसीले हिन्दीको समाचारमा उल्लेख छ ।

शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा भएको छ ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार भारी वर्षाको सम्भावनाका कारण चेन्नई, विल्लुपुरम, तंजावुर, माइलादुथुराई, पुडुक्कोट्टई, कुड्डालोर, डिंडीगुल, रामनाथपुरम, तिरुवरुर, रानीपेट र तिरुवल्लुरमा विद्यालयहरू बन्द भएका थिए ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापका कारण डिसेम्बर १३ सम्म तमिलनाडुमा भारी वर्षाको सम्भावना छ ।

‘यस अवधिमा, तमिलनाडु र पुडुचेरीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,’ आईएमडीले जनाएको छ ।

विभागले माछा मार्नेहरूलाई समुन्द्रमा नजान पनि निर्देशन दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register