होलीका नाममा ‘जाँड खाने दिवस’ मनाउनेहरुमाथि बिहानैदेखि प्रहरीको निगरानी, युवायुवतीको ‘गतिछाडा’ हर्कत रोकिएन ! (तस्विरहरु)

काठमाडौँ । रङ्गहरुको पर्व होलीको आफ्नै विशेषता, अनुशासन र मान्यता भए पनि पछिल्ला दिन होलीका नाममा उश्रृङ्खल गतिविधि गर्नेहरु बढेका छन् । खासगरी पछिल्लो पुस्ता होलीका नाममा ‘जाँड’ खाने, नशालु पदार्थको सेवन गर्ने तथा रङ्ग लगाउने बाहनामा विभिन्न उश्रृङ्खल गतिविधिमा सक्रिय छन् ।  अझ काठमाडौँका विभिन्न ठाउँमा बृहत कार्यक्रमको आयोजना नै गरेर होली पर्व मनाउने […]

Mar 13, 2025 - 03:32
 0
होलीका नाममा ‘जाँड खाने दिवस’ मनाउनेहरुमाथि बिहानैदेखि प्रहरीको निगरानी, युवायुवतीको ‘गतिछाडा’ हर्कत रोकिएन ! (तस्विरहरु)

काठमाडौँ । रङ्गहरुको पर्व होलीको आफ्नै विशेषता, अनुशासन र मान्यता भए पनि पछिल्ला दिन होलीका नाममा उश्रृङ्खल गतिविधि गर्नेहरु बढेका छन् । खासगरी पछिल्लो पुस्ता होलीका नाममा ‘जाँड’ खाने, नशालु पदार्थको सेवन गर्ने तथा रङ्ग लगाउने बाहनामा विभिन्न उश्रृङ्खल गतिविधिमा सक्रिय छन् । 

अझ काठमाडौँका विभिन्न ठाउँमा बृहत कार्यक्रमको आयोजना नै गरेर होली पर्व मनाउने तयारी गरिएको छ । 

होली पर्व र होलीमा हुनसक्ने उश्रृङखल गतिविधि नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । खासगरी होलीका नाममा ‘जाँड खाने दिवस’ मनाउनेहरुमाथि ट्राफिक प्रहरीले बिहानैदेखि निगरानी बढाएको छ । बिहीबार बिहानैदेखि ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानमा मापसे चेकिङ गरिरहेको छ । 

बिहानैदेखि प्रहरी चेकिङ तथा सुरक्षा व्यवस्था कडा पारिए पनि युवायुवतीहरुको ‘गतिछाडा’ हर्कत भने रोकिएको छैन । यद्यपि उनीहरुकै कारण आफ्नो नियमित काममा हिँडेका तथा सर्वसाधारण अनावश्यक चेकिङ र केरकारको झमेलामा परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register