दूतावासको कन्सुलर शिविर अब आयरल्याण्डमा, राहदानीसहितका सेवा उपलव्ध गराइने

लन्डन । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने तयारी गरेको छ । यही ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । गैर आवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा शिविर हुंदैछ । दूतावासले ३० अप्रिल २०२६ […]

Apr 14, 2025 - 22:43
 0
दूतावासको कन्सुलर शिविर अब आयरल्याण्डमा, राहदानीसहितका सेवा उपलव्ध गराइने

लन्डन । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने तयारी गरेको छ ।

यही ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । गैर आवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा शिविर हुंदैछ ।

दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले समेत नवीकरण गराउन सक्ने जनाएको छ ।

सेवाग्राहीहरुलाई राहदानीबाहेक राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका सेवा उपलव्ध गराइने जनाउंदै दूतावासले शिविरबाट लाभ लिन आयरल्याण्डवासी नेपालीलाई आव्हान गरेको छ।

कन्सुलर शिविरबारे विस्तृत विवरण यहां छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register