छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

झापा,२ वैशाख । नयाँ वर्षको दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । इलाम, माई नगरपालिका–४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे–९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका–६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ [...] The post छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 15, 2025 - 10:30
 0
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

झापा,२ वैशाख । नयाँ वर्षको दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

इलाम, माई नगरपालिका–४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे–९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका–६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, ग्रामथान गाउँपालिका–६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ ।

सिराहा, बरियारपट्टी गाउँपालिका–५ तेनुवापट्टीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पा, बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सडकमा घोरबन्दाबाट बर्तुङतर्फ आउँदै गरेको लु।६१ प ७६३६ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा चालक तानसेन नगरपालिका–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषा, मिथिला नगरपालिका(६ बसीपुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको म।प्र ०२.००७ प ९६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी लोहारपट्टी नगरपालिका(७ भ्रमरपुरा बस्ने ३२ वर्षीय श्रवन कुमार महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, घोराही उपमहानगरपालिका(१६ स्थित सडकमा लु.प्र.०२.००१ प ०६९३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सन्जिब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, परोहा नगरपालिका–३ लौकाहा बजारस्थित सडकमा तेजापाकडबाट पोखरीयातर्फ जाँदै गरेको प्रदेश २.०३.०२० प ३७२० नम्बरको मोटरसाइकलको ठक्करबाट ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय शेख गोनउरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register