रेशमको गैरकानुनी गिरफ्तारीले संघीयता, समावेशीता लोकतन्त्रप्रतिको विश्वासमा चोट : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारी भएको भन्दै सरकारसँग  जवाफ माग गरेकी छिन् । प्रतिनिधिसभामा बो्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण रेमशको गिरफ्तारी गरेको भन्दै उनले गैरकानुनी गिरफ्तारीप्रति आपत्ति व्यक्त गरेकी छिन् । संसदमा उनले भनेकी छिन्,’रेशम चौधरीको गैरकानुनी गिरफ्तारीले […]

May 6, 2025 - 06:40
 0
रेशमको गैरकानुनी गिरफ्तारीले संघीयता, समावेशीता लोकतन्त्रप्रतिको विश्वासमा चोट : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारी भएको भन्दै सरकारसँग  जवाफ माग गरेकी छिन् ।

प्रतिनिधिसभामा बो्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण रेमशको गिरफ्तारी गरेको भन्दै उनले गैरकानुनी गिरफ्तारीप्रति आपत्ति व्यक्त गरेकी छिन् । संसदमा उनले भनेकी छिन्,’रेशम चौधरीको गैरकानुनी गिरफ्तारीले संघीयता, समावेशिता, लोकतान्त्रप्रतिको विश्वासमा चोट पुगेको छ ।’

घटनाको निष्पक्ष छानबिन गरी स्पस्ट जवाफ दिन उनले सरकारसँग माग गरेकी छिन् । वैशाख १७ मा जनमत र नाउपा एकता घोषणा सभामा कमलादी पुगेका रेशम गिरफ्तारीमा परेका थिए । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बस्नेतले आफैँ पत्र लेखेर प्रहरीलाई बुझाउँदै उनको गिरफ्तारी गराएका थिए । सर्वोच्चले उक्त पत्र संस्थागत नभएको र अनधिकृत रहेको भन्दै अर्को पत्र पठाएपछि पाँच घण्टापछि डिल्लीबजारस्थित कारागारबाट रेशम छुटेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register