पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा ३३ अर्ब खर्च 

काठमाडौँ । पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनले विद्युतीय रेलमार्ग निर्माणमा सो रकम खर्च भएको देखाएको हो । उक्त रकम ६५ किलोमिटरमा ट्रयाकबेड, १६ वटा पुल निर्माण र ५ सय ५३ बिघा जग्गाको मुआब्जा दिनमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ […]

May 15, 2025 - 05:12
 0
पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा ३३ अर्ब खर्च 

काठमाडौँ । पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनले विद्युतीय रेलमार्ग निर्माणमा सो रकम खर्च भएको देखाएको हो ।

उक्त रकम ६५ किलोमिटरमा ट्रयाकबेड, १६ वटा पुल निर्माण र ५ सय ५३ बिघा जग्गाको मुआब्जा दिनमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । 

यसो त पूर्व-पश्चिम रेलमार्ग निर्माणको सुरुवाती लागत ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, हाल उक्त लागत अनुमान १५ खर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०६५/६६ मा सुरुवात भएको उक्त आयोजना अन्तर्गत झापा काँकडभिट्टादेखि कञ्चनपुर गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिंकमार्गहरुसमेत गरी १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग बनाइनेछ । उक्त आयोजना आर्थिक वर्ष २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register