नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मान

काठमाडौँ। नेपाल पूर्व सशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरालाई सम्मान गरेको छ । संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा शुक्रबार नायव निरीक्षक छत्याल र बोहोरालाई […]

May 23, 2025 - 09:50
 0
नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मान

काठमाडौँ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरालाई सम्मान गरेको छ ।

संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा शुक्रबार नायव निरीक्षक छत्याल र बोहोरालाई नगद पुरस्कार र सम्मानपत्रसहित सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका थिए ।

कार्यक्रममा उनीहरुलाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ लगायतले स्वागत तथा सम्मान गरेका थिए ।


यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवाको दज्र्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका थिए । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत छत्याललाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नती गरेको हो ।

नायव निरीक्षक छत्यालले यही जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए भने पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले गत बैशाख ६ गते बिहान ८ः५८ बजे सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।

सगरमाथा आरोहणको लागि नायव सशस्त्र प्रहरी निरीक्षक दन्तबहादुर छत्याल बैशाख १५ गते र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरा चैत २८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

सम्मापन कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register