यातायात कार्यालय बाराद्वारा १० महिनामा झण्डै साढे ८ करोड राजस्व संकलन

काठमाडौँ । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व संकलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व संकलन […]

May 26, 2025 - 07:02
 0
यातायात कार्यालय बाराद्वारा १० महिनामा झण्डै साढे ८ करोड राजस्व संकलन

काठमाडौँ । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व संकलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ’, उनले भने ।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व संकलन गरेको छ ।

त्यस्तै, अनुमतिपत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व संकलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै, अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व संकलन गरेको छ । त्यस्तै, आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व संकलन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register