सुरक्षा निकायका लागि उल्लेखनीय बजेट

काठमाडौं आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुरक्षा निकायहरूका लागि उल्लेखनीय विनियोजन गरिएको छ । गृह मन्त्रालयलाई २ खर्ब ८ अर्व ६२ करोड, रक्षा मन्त्रालयलाई ६२ अर्ब १ करोड रकम बिनियोजन गरिएको छ । बिहीबार प्रस्तुत गरिएको बजेटमा गृह मन्त्रालयले तोकेको प्राथमिकतालाई समावेश गरिएको छ । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, […]

May 30, 2025 - 03:55
 0
सुरक्षा निकायका लागि उल्लेखनीय बजेट

काठमाडौं

आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुरक्षा निकायहरूका लागि उल्लेखनीय विनियोजन गरिएको छ । गृह मन्त्रालयलाई २ खर्ब ८ अर्व ६२ करोड, रक्षा मन्त्रालयलाई ६२ अर्ब १ करोड रकम बिनियोजन गरिएको छ । बिहीबार प्रस्तुत गरिएको बजेटमा गृह मन्त्रालयले तोकेको प्राथमिकतालाई समावेश गरिएको छ । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, कारागार सुधार, सीमा सुरक्षा, विपद् व्यवस्थापन, अध्यागमन प्रणालीको आधुनिकीकरण र खुला कारागारको अवधारणा कार्यान्वयनमा बजेट केन्द्रित गरिएको छ ।

त्यसै गरी रक्षा मन्त्रालयका लागि विनियोजित ६२ अर्ब १ करोड रुपियाँमा नेपाली सेनालाई प्रविधियुक्त, दक्ष र व्यावसायिक बनाउने, बंकरदेखि ब्यारेकसम्म कार्यक्रम सञ्चालन गर्ने र राष्ट्रिय सेवा दल तालिमलाई स्थानीयस्तरसम्म विस्तार गर्ने योजनाहरू समावेश छन् । सुरक्षा निकायलाई उच्च बजेट विनियोजन गर्नु सरकारको राष्ट्रिय सुरक्षा र आन्तरिक शान्ति स्थायित्वप्रतिको प्रतिबद्धताप्रति प्रतिबद्ध रहेको देखाउँछ ।

गृह मन्त्रालयको बजेटले नागरिक सुरक्षा, सीमा व्यवस्थापन र विपद् व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । रक्षा मन्त्रालयको बजेटले सेनाको आधुनिकीकरण र दक्षता अभिवृद्धिमा योगदान पु¥याउनेछ ।आगामी आर्थिक वर्षको बजेटमा सुरक्षा निकायहरूलाई दिइएको प्राथमिकता राष्ट्रको सुरक्षा र स्थायित्वप्रतिको सरकारको प्रतिबद्धता हो । गृह र रक्षा मन्त्रालयका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा देशको सुरक्षा प्रणाली थप मजबुत हुने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register