प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि कांग्रेस र रास्वपाबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच छलफल भएको छ । सदन सञ्चालनको विषयमा पहिलोपटक यी दुई पार्टीबीच छलफल भएको हो । छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक […]

Jun 5, 2025 - 11:42
 0
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि कांग्रेस र रास्वपाबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच छलफल भएको छ ।

सदन सञ्चालनको विषयमा पहिलोपटक यी दुई पार्टीबीच छलफल भएको हो ।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

रास्वपा सांसदहरूले आफूहरूसँग छलफल नै नगर्ने भनेपछि कांग्रेस उपसभापति खड्काले छलफलको अग्रसरता लिएका थिए ।

त्यसपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा नेताहरूसँग छलफल प्रस्ताव लगेका थिए । उक्त प्रस्ताव लैजाँदा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल पनि थिए । अर्यालले कांग्रेससँग छलफलका लागि उपसभापति वाग्ले र प्रमुख सचेतक परियारलाई जिम्मेवारी दिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register