विश्व वातावरण दिवस : प्रदुषण नियन्त्रणबारे मानव अधिकार चलचित्र केन्द्रको सचेतना

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार चलचित्र केन्द्रले पद्मकन्या क्याम्पसमा सचेतनामुलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शन गरेको छ । प्रदुषण नियन्त्रण, जलवायु संकट समाधानबारे वृत्तचित्र प्रदर्शन गरेको हो । पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरेको हो । ‘वातावरण संरक्षण र प्रदुषण नियन्त्रणमा सचेतना फैलाउने उद्देश्यले हामीले शिक्षालय केन्द्रित अभियान चलाइरहेका छौँ,’ […]

Jun 5, 2025 - 13:21
 0
विश्व वातावरण दिवस : प्रदुषण नियन्त्रणबारे मानव अधिकार चलचित्र केन्द्रको सचेतना

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार चलचित्र केन्द्रले पद्मकन्या क्याम्पसमा सचेतनामुलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शन गरेको छ । प्रदुषण नियन्त्रण, जलवायु संकट समाधानबारे वृत्तचित्र प्रदर्शन गरेको हो । पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरेको हो ।

‘वातावरण संरक्षण र प्रदुषण नियन्त्रणमा सचेतना फैलाउने उद्देश्यले हामीले शिक्षालय केन्द्रित अभियान चलाइरहेका छौँ,’ केन्द्रका महासचिव आभास रिजालले भने ।

वृत्त चित्र प्रदर्शनअघि केन्द्रले विद्यार्थीहरूलाई सहभागि गराउँदै र्‍याली समेत गरेको थियो । वृत्त चित्र प्रदर्शनपछि क्याम्पस प्रांगणमा वृक्षारोपण पनि गरिएको थियो ।

पद्मकन्या प्रांगणमा मुस्ताङ, सगरमाथा, रूकुम, काठमाडौं लगायत विभिन्न भूभागका जलवायु परिवर्तनका असरसम्बन्धी विकल थापाको फोटो प्रदर्शन पनि गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register