डेम्बेले र यमालबीच बालोन डि’ओर ‘ब्याटल’ : नेसन्स लिग सेमिफाइनलमा आमने–सामने

काठमाडौं । फ्रान्सका उस्मान डेम्बेले र स्पेनका लामिन यमाल– दुवै यस वर्ष प्रतिष्ठित बालोन डि’ओरका प्रमुख दाबेदार हुन् । यी दुई आज (बिहीबार) नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे जर्मनीको स्टुटगार्टमा हुने नेसन्स लिग लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा एकअर्कासँग भिड्दैछन् । विजेताले आइतबार राति पोर्चुगलसँग उपाधिका लागि खेल्नेछ । यी दुई खेलाडीले यो सिजन आफ्ना क्लबका […]

Jun 5, 2025 - 13:57
 0
डेम्बेले र यमालबीच बालोन डि’ओर ‘ब्याटल’  : नेसन्स लिग सेमिफाइनलमा आमने–सामने

काठमाडौं । फ्रान्सका उस्मान डेम्बेले र स्पेनका लामिन यमाल– दुवै यस वर्ष प्रतिष्ठित बालोन डि’ओरका प्रमुख दाबेदार हुन् । यी दुई आज (बिहीबार) नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे जर्मनीको स्टुटगार्टमा हुने नेसन्स लिग लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा एकअर्कासँग भिड्दैछन् । विजेताले आइतबार राति पोर्चुगलसँग उपाधिका लागि खेल्नेछ ।

यी दुई खेलाडीले यो सिजन आफ्ना क्लबका लागि अत्यन्तै उत्कृष्ट प्रदर्शन गरेका छन् । १७ वर्षीय यमालले देशका लागि युरोकपको क्वार्टरफाइनलमा गोल गरेका थिए । डेम्बेलेले पनि पेनाल्टी सुटआउटमा गोल गरे । २८ वर्षका डेम्बेलेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि च्याम्पियन्स लिग जिते भने यमालले बार्सिलोनालाई घरेलु डबल उपाधि दिलाउन मद्दत गरे ।

तुलनात्मक आँकडा

गोलको हिसाबमा यस सिजन डेम्बेले यमालभन्दा धेरै अघि छन् । डेम्बेलेले ३३ गोल गर्दा यमालले १८ गोल मात्र गरेका छन्, तर एसिस्टमा यामाल अघि छन् । यमालले २१ र डेम्बेले १३ एसिस्ट गरेका छन् ।

खेल समय हेर्दा पनि यमालले यस सिजन बढी खेलेको पाइएको छ । यमालले ४ हजार ५४८ मिनेट खेल्दा डेम्बेलेले ३ हजार २८६ मिनेट मैदानमा बिताएका छन् ।

ड्रिब्लिङको सफलता, ट्याकल, डुअल र पोसेसन जित्नेमा यमाल अगाडि छन् भने डेम्बेलेको गोल कनभर्जन रेट धेरै राम्रो रहेको देखिन्छ ।

ट्रफी र उपलब्धि

दुवैले आ–आफ्नो देशमा घरेलु डबल (लिग र कप) जितेका छन् । साथै इंल्यान्डको कम्युनिटी शिल्ड सरहको उपाधि पनि जितेका छन् । डेम्बेलेले यमालभन्दा बढी च्याम्पियन्स लिग उपाधि जिते – जुन उनको क्लब करियरकै सबैभन्दा ठूलो उपाधि हो ।

यस सिजन लिग वानमा गोल्डेन बुट विजेता बनेका डेम्बेलेले १० खेलमा १८ गोल गरे । यसै ‘अविश्वसनीय प्रदर्शन’ले उनलाई ब्यालेन डि’ओरको बलियो प्रतिस्पर्धी बनाएको छ ।

डेम्बेलेका लागि अझै फिफा क्लब विश्वकप बाँकी छ, जहाँ उनी आफ्नो दाबी थप बलियो बनाउन सक्छन् ।

बालोन डि‘ओरमा आजको खेलको नतिजा केही हदसम्म प्रभाव पार्न सक्ने फुटबल पण्डितहरूको विश्लेषण छ । यता यमालको क्लब बार्सिलोना भने क्लब विश्वकपमा छनोट भएको छैन । तर वर्षभरिको प्रदर्शनमा आधारित अवार्डका लागि दुवै दाबेदारको तर्फबाट दाबी प्रबल देखिएको मान्न सकिन्छ ।

सन् २०२५ को बालाेन डि’ओर विजेता घोषणा २२ सेप्टेम्बरमा पेरिसमा घोषणा हुनेछ । –बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register