गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

गाजा । गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्बजनिक गरेको हो । गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए । ३१ मे २०२५ मा इजरायलले गाजाका […]

Jun 6, 2025 - 06:12
 0
गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

गाजा

गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्बजनिक गरेको हो ।

गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए । ३१ मे २०२५ मा इजरायलले गाजाका बारेमा दुनियाँलाइ सत्य बताउनेहरूलाई व्यवस्थित रूपमा लक्षित गर्दै राष्ट्रिय समाचार एजेन्सीको लागि काम गर्ने पत्रकार युसेफ अल नखालाको पनि हत्या गरेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register