सुनाखरीलाई प्रकृतिमा फर्काएर मनाइयो विश्व वातावरण दिवस

काठमाडौं विश्व वातावरण दिवस-२०२५ को अवसरमा सुनाखरीलाई प्रकृतिमा फर्काउने मूल नाराका साथ अर्किड फ्लोरिकल्चर ग्रुप (ओएफजी) ले बिहीबार रानीबारी सामुदायिक वनमा सयौं नेपाली रैथाने सुनाखरीका बिरुवाहरू रोपेको छ । सुनाखरीलाई पुनः प्राकृतिक बनमा फर्काउने अभियानअन्तर्गत डेनड्रोबियम, भान्डालगायतका नेपाली रैथाने जातका सुनाखरी बिरुवाहरू रोपिएको ओएफजीका संयोजक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । रैथाने जातको संरक्षणले जैविक विविधता […]

Jun 6, 2025 - 07:30
 0
सुनाखरीलाई प्रकृतिमा फर्काएर मनाइयो विश्व वातावरण दिवस

काठमाडौं

विश्व वातावरण दिवस-२०२५ को अवसरमा सुनाखरीलाई प्रकृतिमा फर्काउने मूल नाराका साथ अर्किड फ्लोरिकल्चर ग्रुप (ओएफजी) ले बिहीबार रानीबारी सामुदायिक वनमा सयौं नेपाली रैथाने सुनाखरीका बिरुवाहरू रोपेको छ ।

सुनाखरीलाई पुनः प्राकृतिक बनमा फर्काउने अभियानअन्तर्गत डेनड्रोबियम, भान्डालगायतका नेपाली रैथाने जातका सुनाखरी बिरुवाहरू रोपिएको ओएफजीका संयोजक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । रैथाने जातको संरक्षणले जैविक विविधता मात्र होइन, जैविक पर्यावरण सन्तुलनमा समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ।


ओएफजीका अर्का संयोजक अञ्जनी जोशीले वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणको सन्देश फैलाउन सुनाखरीका बिरुवाहरुलाई सामुदायिक वनमा रोपिएको जानकारी दिइन । उनले नेपाली रैथाने सुनाखरीलाई प्रकृतिकै वनमा पुनः फर्काउने क्रममा यो ओएफजी पहिलो कदम भएको बताईन ।


सहभागीहरूले सुनाखरीलाई केवल गमलामा राख्ने सजावटको फूलजस्तो मात्रै बुझ्दै आएकोमा यसलाई वनमै फर्काएर संरक्षण गर्न पाएकोमा खुशी लागेको बताए । उनीहरूले सुनाखरीप्रेम र वातावरणप्रतिको जिम्मेवारीलाई जोड्दै, यस्तो कार्यक्रमले समुदायमै हरियाली अभियानलाई सुदृढ बनाउने प्रतिक्रिया दिएका थिए ।


रानीबारी सामुदायिक वनले यसअघि पनि जैविक कृषि, औषधीय वनस्पति, वातावरणीय शिक्षा, र संरक्षणमा विभिन्न सकारात्मक पहल गर्दै आएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register