क्यानडा पठाउने भन्दै साढे पाँच लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका ४४ वर्षीय रबिन्द्र बासुकला रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ २६ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै पीडितबाट ५ […]

Jun 9, 2025 - 13:19
 0
क्यानडा पठाउने भन्दै साढे पाँच लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका ४४ वर्षीय रबिन्द्र बासुकला रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ २६ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै पीडितबाट ५ लाख ६० हजार रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register