मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले बनाइदिए ३४ लाखमा घण्टी र घण्टाघर

सङ्खुवासभा, २६ जेठ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाएका हुन् । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण गरिएको हो । [...] The post मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले बनाइदिए ३४ लाखमा घण्टी र घण्टाघर appeared first on Jhapa Online.

Jun 9, 2025 - 14:59
 0
मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले बनाइदिए ३४ लाखमा घण्टी र घण्टाघर

सङ्खुवासभा, २६ जेठ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ ।

अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाएका हुन् । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण गरिएको हो ।

मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठूलो रहेको दाबी गरे । जनविश्वासअनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

The post मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले बनाइदिए ३४ लाखमा घण्टी र घण्टाघर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register