‘बजेटको उद्देश्य अनुसार मौद्रिक नीति आउनुपर्छ’- सन्तोष कोइराला 

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीति बजेटको उद्देश्य र मर्म अनुसार आउनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् ।  उनले मौद्रिक नीति र वित्त नीतिबीचको सामञ्जस्यताकै कारण मुलुकले खोजेको दिशा प्राप्त हुने भन्दै मौद्रिक नीति बजेटको उद्देश्य र मर्म अनुसार आउनुपर्नेमा […]

Jun 10, 2025 - 08:39
 0
‘बजेटको उद्देश्य अनुसार मौद्रिक नीति आउनुपर्छ’- सन्तोष कोइराला 

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीति बजेटको उद्देश्य र मर्म अनुसार आउनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् । 

उनले मौद्रिक नीति र वित्त नीतिबीचको सामञ्जस्यताकै कारण मुलुकले खोजेको दिशा प्राप्त हुने भन्दै मौद्रिक नीति बजेटको उद्देश्य र मर्म अनुसार आउनुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै, अध्यक्ष कोइरालाले अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गरेको भन्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । उनले वर्तमान अवस्था आवश्यकतलाई हेरेर राष्ट्र बैंकले आगामी नीति बनाउनुपर्ने पनि बताएका छन् ।

‘बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र स्थितिलाई हेरे केन्द्रिय बैंकले आगामी नीतिहरु अपाउन आवश्यक छ । एसेट म्यानेजमेण्ट स्थापन गर्ने कुरा चाँडै अगाडि बढ्छ भन्ने हाम्रो अपेक्षा छ ।’, उनले भने, ‘ नियो बैंकदेखि अप्ठ्यारोमा परेमा बैंक तथा वित्तीय संस्थालाई त्यही किसिमको ट्रीट गरेर जानुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register