बिर्तामोड उद्योग वाणिज्य संघको मुक्तिचोक–शनिश्चरे रोड उपसमितिमा ‘टिङ्कु’

झापा, २७ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले मंगलवार मुक्तिचोक– शनिश्चरे रोडमा नयाँ उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति [...] The post बिर्तामोड उद्योग वाणिज्य संघको मुक्तिचोक–शनिश्चरे रोड उपसमितिमा ‘टिङ्कु’ appeared first on Jhapa Online.

Jun 10, 2025 - 15:10
 0
बिर्तामोड उद्योग वाणिज्य संघको मुक्तिचोक–शनिश्चरे रोड उपसमितिमा ‘टिङ्कु’

झापा, २७ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ ।

वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले मंगलवार मुक्तिचोक– शनिश्चरे रोडमा नयाँ उपसमिति गठन गरेको छ ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सह संयोजकमा प्रमोद राजवंशी, सचिव केशव मैनाली र कोषाध्यक्षमा सिजर राजभण्डारी रहेका छन् ।

सदस्यहरुमा संजय अग्रवाल, तोयानाथ खतिवडा, रेगन शाक्य, तुलशा श्रेष्ठ, निलु राजभण्डारी, दिपक गुरागाँई, दिपेश उदाश, यदु तिम्सिना, जीवन रिजाल, दिपक अग्रवाल (रघुनन्दन) रहेका छन् ।

त्यस्तै समितिको सदस्यमा अनुराग गोश्वामी, सिर्जना अग्रवाल, अंकित केडिया, मोहित अग्रवाल, अप्सरा खड्का, टोनी जिन्दल, प्रविन शाक्य, मनोज अग्रवाल, प्रेम श्रेष्ठ, आकाश गोयल, त्रिलोकचन्द सिंची, सपना मगर, सुमित बेगानी , रविना कर्ण रहेका छन् । बाँकी सदस्य मनोनयन गर्ने बताइएको छ ।

त्यस्तै वेदप्रकाश अग्रवाल, सत्यनारायण चौधरी, कृष्ण उदाश, ओम प्रकाश अग्रवाल, विजय ठाकुर, उत्तम शिवाकोटी, नरेश वंशल, सुरेश विन्दल, जगत शंकरलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।

संघका सदस्य दिनेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए । यसैबीच संघले सो उपसमितिलाई फोहोर व्यवस्थापनका लागि १० थान डस्विन समेत प्रदान गरेको छ । संघका अध्यक्ष न्यौपानेले उप समिति संयोजक टिङ्कुलाई डस्विन प्रदान गरेका थिए ।

The post बिर्तामोड उद्योग वाणिज्य संघको मुक्तिचोक–शनिश्चरे रोड उपसमितिमा ‘टिङ्कु’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register