बिर्तामोडमा सुन चोरीमा संलग्न तीन जना पक्राउ

झापा, २७ जेठ । झापाको बिर्तामोड आसपासका क्षेत्रमा चोरीका घटना बढेसंगै प्रहरीले चोरीमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । गत फागुन २२ गते अर्जुनधारा–६ दासपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औठी,६ तोला बराबरको [...] The post बिर्तामोडमा सुन चोरीमा संलग्न तीन जना पक्राउ appeared first on Jhapa Online.

Jun 10, 2025 - 16:22
 0
बिर्तामोडमा सुन चोरीमा संलग्न तीन जना पक्राउ

झापा, २७ जेठ । झापाको बिर्तामोड आसपासका क्षेत्रमा चोरीका घटना बढेसंगै प्रहरीले चोरीमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

गत फागुन २२ गते अर्जुनधारा–६ दासपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औठी,६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी भएको थियो । सो घटनामा संलग्नहरुलाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–२ चारपानेका २८ वर्षीय सुरज राई, चोरीको गर–गहना खरिद गर्ने बिर्तामोड–१ नारायण चोकका ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढ) र शेरावाली ज्वेलर्स बिर्तामोडका सञ्चालकका छोरा सुभान्सु साह रहेका छन् ।

राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए भने विश्वकर्माले साहलाई बिक्री गरेका थिए । चोरी गरेको ६.९९५ तोला सुन गालेर ढिक्का बनाइराखेको अवस्थामा बिर्तामोड–५ हिकोला रोडस्थित शेरावाली ज्वेलर्सबाट बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

The post बिर्तामोडमा सुन चोरीमा संलग्न तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register