अर्जुनधाराका कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत सोङ्गको टोली

सन्तोष शर्माझापा, २८ जेठ । झापाको अर्जुनधारा नगरपालिकामा कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत चेन सोङ्गले अवलोकन भ्रमण गर्नुभएको छ । कृषि क्षेत्रमा लगानी गर्नका लागि राजदूत सोङ्गले यहाँका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको हो । राजदूत सोङ्गले मंगलबार अर्जुनधारा–१० कालिझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन भ्रमण गर्नुभएको छ । [...] The post अर्जुनधाराका कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत सोङ्गको टोली appeared first on Jhapa Online.

Jun 11, 2025 - 05:16
 0
अर्जुनधाराका कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत सोङ्गको टोली

सन्तोष शर्मा
झापा, २८ जेठ ।
झापाको अर्जुनधारा नगरपालिकामा कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत चेन सोङ्गले अवलोकन भ्रमण गर्नुभएको छ ।

कृषि क्षेत्रमा लगानी गर्नका लागि राजदूत सोङ्गले यहाँका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको हो । राजदूत सोङ्गले मंगलबार अर्जुनधारा–१० कालिझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन भ्रमण गर्नुभएको छ ।

आज बुधबार अर्जुनधारा–६ स्थित गाई फर्म र अर्जुनधारा–१० स्थित माछा फर्मको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेलले जानकारी दिनुभयो । “उहाँहरुले लगानीको सम्भावित क्षेत्रको अवलोकन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “उपयुक्त ठाउँमा लगानी गर्ने प्राप्त विश्वास छ ।”

१९ सय विद्यार्थीलाई सहयोग
बिर्तामोड र अर्जुनधारा नगरपालिकाका एक हजार नौ सय विद्यार्थीलाई चिनिया राजदूत चेन सोङ्गले सहयोग गर्नुभएको छ । मंगलबार अर्जुनधारास्थित शनिश्चरे माविका १५ सय र बिर्तामोडस्थित दुर्गा माविको चार सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका शैक्षिक सामग्रीसहितको ब्याग वितरण गर्नुभएको छ ।

चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा रू ५० लाखको लागनमा निर्माण भएको ४ कोठे २ तले भवन निर्माण भएको भवनको राजदूत सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्नुभएको छ ।

राजदूत सोङ्गले शिक्षा सबैभन्दा महत्वपूर्ण विषय भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुहुँदै चीनको विकास शिक्षाकै कारण भएको उल्लेख गर्नुभयो । सोङ्गले नेपाल र चीनको सम्बन्ध पुरानो रहेका बताउनुहँदै २०७२ सालमा आएको भूकम्पपछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको बताउनुभयो ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रसाईंले बिर्तामोडको विकासका लागि पूर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

The post अर्जुनधाराका कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत सोङ्गको टोली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register