झापाका विभिन्न तीन जना मृत फेला

झापा, २८ जेठ । झापाका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । झापाको अर्जुनधारा–४, अर्जुनधारा–११ र बिर्तामोड–२ मा एक÷एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर भित्री कच्ची सडकमा नामथर, वतन नखुलेको हेर्दा तराईबासी मूलको जस्तो देखिने, [...] The post झापाका विभिन्न तीन जना मृत फेला appeared first on Jhapa Online.

Jun 11, 2025 - 05:22
 0
झापाका विभिन्न तीन जना मृत फेला

झापा, २८ जेठ । झापाका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् ।

झापाको अर्जुनधारा–४, अर्जुनधारा–११ र बिर्तामोड–२ मा एक÷एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर भित्री कच्ची सडकमा नामथर, वतन नखुलेको हेर्दा तराईबासी मूलको जस्तो देखिने, निलो कमिज खैरो हाफ पाइन्ट लगाएको करिब ४५–५० वर्षीय पुरुष मानिस घोप्टे परी मृत अवस्थामा फेला परेका छन् । शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।

त्यस्तै, मंगलबार बिर्तामोड–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा सोही वडाका आदर्श टोलका ३६ वर्षीय राम टुडू मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बेलुका अर्जुनधारा–११ नयाँबस्तीस्थित चियाबगान भित्र कच्च बाटोमा सोही स्थानका ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका छन् । शवहरु पोटमार्टका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाका विभिन्न तीन जना मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register