नेपाली आलु अब ‘फ्रेन्च फ्राई’, भारतसम्म निर्यात

काठमाडौं । फस्र्ट च्वाइस फुड प्रालि (एफसीएफ)ले नेपाली किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राई बनाएर स्वदेश तथा विदेशमा बिक्रीवितरण गरिरहेको छ । ‘किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित फ्रेन्च फ्राई उत्पादन तथा बिक्रीवितरण भइरहेको हो । हाल देशका १९ जिल्लाका किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राइ बनाइँदै आएको फस्र्ट च्वाइस फुड प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले […]

Jun 19, 2025 - 17:17
 0
नेपाली आलु अब ‘फ्रेन्च फ्राई’, भारतसम्म निर्यात

काठमाडौं । फस्र्ट च्वाइस फुड प्रालि (एफसीएफ)ले नेपाली किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राई बनाएर स्वदेश तथा विदेशमा बिक्रीवितरण गरिरहेको छ । ‘किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित फ्रेन्च फ्राई उत्पादन तथा बिक्रीवितरण भइरहेको हो ।

हाल देशका १९ जिल्लाका किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राइ बनाइँदै आएको फस्र्ट च्वाइस फुड प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘हाल हामीले भारतीय बजारमा समेत फ्रेन्च फ्राई निर्यात गरिरहेका छौं र अन्य देशमा पनि निर्यातको तयारी गरिरहेका छौं । यस वर्षमात्रै हामीले देशभरका किसानबाट २ हजार मेट्रिक टन आलु ल्याएर फ्रेन्च फ्राई बनाएका छौं ।’

फ्रेन्च फ्राई बनाएर निर्यात गरिरहँदा नेपाली उत्पादनलाई धेरै कानुनी अफ्ठ्यारा झेल्नुपरेको अध्यक्ष पौडेलले बताए । ‘निर्यात गर्दा भन्सारमा झमेला झेल्नुपरेको छ,’ उनले थपे ।

कार्यक्रममा एफसीएफकी सेयर होल्डर लक्ष्मी पौडेलले २ अर्बभन्दा बढी लागत भएको कम्पनीले धेरैलाई रोजगारी दिएको जानकारी दिइन् ।

‘सुन्दा यो फ्रेन्च फ्राई सानो लागेपनि यसले सयौंलाई रोजगारी दिएको छ । अब विदेशी लगानी भित्र्याउने सपना बोकेका छौं । २ अर्बभन्दा बढी लगानी भइसकेको छ । एफसीएफ नेपाली युवाको सपना र सोचले अघि बढिरहेको छ,’ उनले भनिन् ।

एफसीएफले तीन प्रजातिका आलुलाई फ्रेन्चफ्राइको लागि छानेको कार्यक्रममा जानकारी दिइयो । जसमा सगिता, इनोभेसन र क्विनटिरा रहेका छन् ।

यी प्रजातिका आलुमा अन्यको तुलनामा सुगरको मात्रा कम रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register