इस्ट जोन यू–१६ क्रिकेट : विपिन शर्माको चार विकेटमा सिंगापुर १३८ रनमा अलआउट

काठमाडौं । मलेसियामा आइतबार सुरु भएको इस्ट जोन यू १६ क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ । टस हारेको नेपालले पहिला बलिङ गर्दै सिंगापुरलाई १३८ रनमा अलआउट गरेको छ । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान विपिन शर्माले चार विकेट लिएका छन् । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै […]

Jun 22, 2025 - 05:55
 0
इस्ट जोन यू–१६ क्रिकेट : विपिन शर्माको चार विकेटमा सिंगापुर १३८ रनमा अलआउट

काठमाडौं । मलेसियामा आइतबार सुरु भएको इस्ट जोन यू १६ क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ । टस हारेको नेपालले पहिला बलिङ गर्दै सिंगापुरलाई १३८ रनमा अलआउट गरेको छ ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान विपिन शर्माले चार विकेट लिएका छन् । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक–एक विकेट लिए ।

१३९ रनको लक्ष्य पाएको नेपालले अब केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register